राजनीति

जनप्रतिनिधिले दम्भ त्यागेर विकासमा जुट्नुपर्छः महेश बस्नेत

Banner

भक्तपुर,साउन २७-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता महेश बस्नेतले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई दम्भ त्यागेर विकासमा एकजुट हुन आग्रह गर्नुभएको छ । जिल्ला समन्वय समितिले आज आयोजना गरेको दुईदिने जिल्लास्थित सरकारी कार्यालय तथा गैरसरकारी संस्थाको वार्षिक समीक्षा गोष्ठीमा उहाँले संविधानले व्यवस्था गरेको नीतिलाई मान्दिन भन्ने र जिल्ला समन्वय समितिलाई स्वीकार्दिन भन्दै विकासमा समन्वय नगर्ने जनप्रतिनिधिले दम्भ त्याग्नुपर्ने बताउनुभयो ।

सांसदसमेत रहनुभएका बस्नेतले भन्नुभयो, “संविधानले गरेको व्यवस्थालाई स्वीकार्दिन भन्ने, आफूलाई सधैँका लागि जनप्रतिनिधि भएको दम्भ नगर्नुस्, यो पद पाँच वर्षका लागि हो, पाँच वर्षपछि चप्पल पड्काउने कि रु पालिसले छाला जुत्ता टल्काउने रु त्यो तपाईको आफ्नै हातमा छ ।” उहाँले स्थानीय विकास आफ्नै लागि भएकाले विकासमा साझेदारी समन्वय र सिर्जनशील भएर लाग्न आग्रह गर्नुभयो ।

पूर्वउद्योगमन्त्रीसमेत रहनुभएका उहाँले स्थानीय तहमा जनप्रतिनिधिले स्थानीय अभ्यासलाई आधार बनाएर राष्ट्रिय नीति परिवर्तन गर्नेसम्मका लागि नीतिगत परिवर्तन गर्ने गरी काम गर्नुपर्ने सुझाव दिनुभयो । स्थानीय तहको विकासमा उपयुक्त विधि र नीति आफैँ बनाएर स्थानीय तह अघि बढ्न तथा समृद्ध भक्तपुर बनाउन सबै जनप्रतिनिधि एवं कर्मचारीले लाग्नुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य शशीजङ्ग थापाले भक्तपुर नगरपालिका र मध्यपुरथिमि नगरपालिकाले जिससको समीक्षा गोष्ठीमा भाग नलिएर राम्रो नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “समीक्षा गोष्ठीमा नआउने स्थानीय तहले कि तर सरकार र संविधानलाई टेरेनन्, कि त कामै गरेनन् भन्ने बुझ्नुपर्छ, यस्तो अवस्था किन सिर्जना हुन्छ ।”

जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलगायतले स्थानीय तहको विकासका अवधारणाका बारेमा चर्चा गर्नुभएको थियो । सीमक्षा गोष्ठीमा जिल्लामा रहेका स्थानीय तह, सरकारी कार्यालय, गैरसरकारी संस्थाले आव २०७५÷७६ मा गरेका काम र आम्दानी तथा खर्चको विवरण पेश गरेका थिए ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>