खेलकुद

माल्दिभ्समा विमलको उत्कृष्ट प्रदर्शन

Banner

काठमाडौं, साउन २५–

माल्दिभ्सको धिवेही प्रिमियर लिगमा नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर विमल घर्ती मगरले उत्कृष्ट प्रदर्शन जारी राखेका छन् । विमलकै गोलको मद्धतमा टीसी स्पोर्टस क्लबले शुक्रबार सहज जित समेत निकालेको छ ।

शुक्रबार राति भएको खेलमा टीसीले निलान्धो स्पोर्ट्स क्लबलाई २–० गोल अन्तरले पराजित गर्‍यो । टीसीको जितमा विमल घर्ती मगर र इशान इब्राहिमले एक–एक गोल गरे । ग्राण्डी विरूद्दको खेलमा पनि विमलको गोलमा हार टारेको टिसीले निलान्धो विरूद्दको जितमा पनि विमलको गोलमा अग्रता बनाएको थियो ।

खेलको १२ औं मिनेटमा विमलले गोल गर्दै टीसीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४० औं मिनेटमा इशानले गोल गर्दै टीसीलाई २–० ले अगाडि राखे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>