कर्पोरेट

रेडमी के २० सिरिजको स्मार्टफोन बजारमा

Banner

चितवन, साउन २३-

शाओमी ग्लोबल टेक्नोलोजी लिडरले आज रेडमी के २० सिरिजको स्मार्टफोन नेपाली बजारमा ल्याएको छ ।

कम्पनीले प्रेषित गरेको विज्ञप्तिमा रेडमी के २० र रेडमी के २० प्रो नेपाली बजारमा ल्याएको उल्लेख छ । दुवै स्मार्टफोनमा प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने आधुनिक प्रविधि ल्याएको कम्पनीको दाबी छ । दुवै फोनमा चारैतिर न्यूनतम बेजेल भएको १६.२ सीएम (६.३९) १९.५ः९ पूर्ण एचडी प्लस होरिजन डिस्प्ले रहेको छ । २० एमपी पप–अप सेल्फी क्यामेरासँगै, रेडमी के २० सिरिजमा स्क्रिनदेखि बढीको अनुपात अविश्वसनीय रुपमा ९१.९ प्रतिशत रहेको छ जुन यस इन्डस्ट्रीकै उच्च हो ।

रेडमी के २० सिरिजमा सुन्दर तथा प्राइम शैलीको प्रयोग गरिएको छ, जसले एकै समयमा कार्यक्षमता कायम राख्दै यसलाई असाधारण रुपले सुन्दर बनाएको छ । उद्योगमै पहिलो पटक रेडमी के २० ले फायर एण्ड आइसबाट प्रेरित भएर ग्लेशियर ब्लू, फ्लेम रेड र कार्बन ब्लाक कलर भेरियन्टमा फोनहरु उपलब्ध गराएको छ ।

एस्थेटिक्स डिपार्टमेन्ट एलईडी नोटीफिकेसन पल्सेट गरेर पूर्ण हुन्छ जुन पप–अप क्यामेरा संयन्त्रको (कम्तिमा तीन लाख पटक काम गर्न परीक्षण गरिएको) शीर्षमा क्यामेरा मोड्युलको वरपर स्टाइलिस हलो रिंगका साथ रहेको छ । रेडमी के २० सिरिजमा ४८ एमपी मुख्य क्यामेरा, ८ एमपी टेलिफोटो र १३ एमपी चौंडा कोणसहित एआई ट्रिपल क्यामेरा रहेको छ ।

यो फोनमा चार हजार एमएएच ब्याट्री रहेको छ र निरन्तर प्रयोगको बावजुत पनि यसको ब्याट्री दुई दिनसम्म आनन्दले टिक्ने विज्ञप्तिमा उल्लेख छ । दुवै फोनमा टाईप–सी पोर्ट, ३.५ एमएम हेडफोन ज्याक र फास्ट–चार्ज सपोर्ट रहेको छ । रेडमी के २० उच्च गुणस्तरीय रहेको छ । दुवै फोनको अघिल्लो तथा पछिल्लो भागमा रहेको कर्निंग गोरिला ग्लास ५ ले यसलाई टिकाउ, दिगो र सुन्दर बनाएको विज्ञप्तिमा उल्लेख छ । अन्य सहजज्ञ गुणस्तर सुधारअन्तर्गत यसले फोन खस्न लागेमा पप–अप क्यामेरा स्वचालित रुपमा रिट्रयाक्ट गर्दछ । फोनलाई सार्वजनिक गरी शाओमी नेपालका कन्ट्री जेनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी नेपालमा रेडमी के २० सिरिज भित्र्याउन पाउँदा निकै प्रसन्न छौं । रेडमी फ्ल्यागसिप सिरिजको रुपमा नेपालमा पहिलो रेडमी के २० तथा के २० प्रो ले चरम फ्ल्यागसिप अनुभवलाई साच्चैं नै पुनः परिभाषित गर्दछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>