खेलकुद
मेस्सीमाथि तीन महिनाका लागि फुटबल खेल्न प्रतिबन्ध
०

एजेन्सी,साउन १८-
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई तीन महिनाका लागि अन्तर्राष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाइएको छ । कोपा अमेरिकामा अर्जेन्टिना पराजित भएपछि उनले प्रतियोगिता नै ‘भ्रष्ट’ भन्दै टिप्पणी गरेका थिए । फलस्वरुप उनी तीन महिनाको प्रतिबन्धमा परेका हुन् ।
दक्षिण अमेरिकी फुटबल संघले उनी माथि ५० हजार डलर जरिवाना पनि लगाइएको छ । तीन महिनाको प्रतिबन्धमा परेका मेस्सीले आफूमाथिको सजायविरुद्ध आगामी एक साताभित्र अपिल भने गर्न सक्ने छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>