समाचार

एनआरएनए कतारको महासचिव पदमा गिरीको उम्मेद्बारी 

Banner

चितवन साउन १५-

गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको चुनावमा तनहुँका पदम गिरीले  महासचिव  पदमा  उम्मेद्बारी घोषणा गरेका छन।

तनहुँ जिल्लाका ऋषिङ गाउपालिका वडा न ५ का  स्थायी बासिन्दा गिरी एनआरएन कतारको सदस्य तथा तनहुँ सेवा समाज कतारको महासचिव , दसनामी समाज कतार शाखाको बरिष्ठ उपाध्यक्ष  तथा  तनहुँ नव बचत सहकारीको लेखा संयोजक छन।
माध्यमिक शिक्षापछी उच्च शिक्षाको  लागी काठमाडौ गएका गिरीले बीचमै पढाइ छाडेर कतार गएका थिए  ।

करिब एक दशक खाडी मुलुक कतारमा बिताएका गिरीले बिभिन्न संघ सस्थामा आवद्ध भै काम गर्दै आएका छन ।

प्रबासमा  बिभिन्न संघ सस्थाको नामबाट दुखी, गरिबी र बेसाहराहरुलाइ सहयोग गर्दै आएको उनले बताए ।

साधरण र सक्षम ब्यक्ति गिरीले आफ्नो उम्मेद्बारी पदको लागी नभइ काम को लागी रहेको बताएका छन।

२०१९ /२१ को लागि हुन गइरहेको चुनाव यहि २३ अगस्ट मा हुदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>