क्रिकेट

टि–ट्वान्टी विश्वकप खेल्ने नेपालको सपना चकनाचुर, सिंगापुरसंग ८२ रनले पराजित

Banner

चितवन, साउन १२–

आईसीसी टि–२० विश्वकप खेल्ने नेपालको सपना तुहिएको छ । एशिया छनौट फाइनल प्रतियोगिताको महत्वपूर्ण खेलमा सिंगापुरसंग ८२ रनको फराकिलो अन्तरले पराजित भएसंगै नेपालको विश्वकप खेल्ने सपना तुहिएको हो ।

घरेलु मैदानमा सिंगापुरले टस जितेर व्याटिङ गर्दै सिंगापुरले दिएको १९२ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १०९ रनमै अलआउट भयो । नेपालका ज्ञानेन्द्र मल्लले ३९ र दीपेन्द्र सिंह ऐरीले २३ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

सिंगापुरका लागि विजयकुमारले ४ विकेट लिए । आजको जितसंगै सिंगापुर प्रतियोगिताको शीर्षस्थानमा रहँदै युएईमा हुने ग्लोबल क्वालिफायर्समा प्रवेश गरेको छ ।

यसअघि निर्धारित २० ओभरमा सिंगापुरले ६ विकेटको क्षतिमा १९१ रन बनायो । उसका लागि टिम डेभिडले ७७ रनको आक्रमक पारी खेले । यस्तै रोहनले ४९, मनप्रित सिंहले ४२ रनको आक्रमक पारी खेले । नेपालका लागि अभिनास बोहराले ४, करन केसीले २ विकेट लिए । बोहराले ४ ओभरमा मात्र ३४ रन खर्चिए । आज बसन्त रेग्मी महंगो सावित भए । ४ ओभर बलिङ गरेका बसन्तले ५४ रन खिर्चए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>