चितवन विशेष

चितवन राइनोजद्वारा कुशलसहित ७ खेलाडी रिटेन

Banner

चितवन,जेठ २९-

नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज चितवन राइनोजले आगामी तेस्रो सिजनको प्रतियोगिताका लागि सात खेलाडीलाई रिटेन गर्ने निर्णय गरेको छ। राइनोजले राष्ट्रिय टोलीका अलराउन्डर कुशल मल्लसहित सात खेलाडीलाई यथावत राख्ने भएको हो। टोलीका मार्की तथा कप्तान मल्लसँगै रिजन ढकाल, दीपक बोहोरा, रञ्जित कुमार, कमलसिंह ऐरी, देव खनाल र अर्जुन साउदलाई पनि रिटेन गरिएको फ्रेन्चाइजले जनाएको छ।

एनपीएलको प्रावधान अनुसार प्रत्येक सिजनअघि फ्रेन्चाइज टीमले अधिकतम सात खेलाडीसम्म रिटेन गर्न सक्छन्। योसँगै चितवनले बाँकी खेलाडी आगामी अक्सनबाट भित्र्याउनेछ। पहिलो सिजनमा इलिमिनेटरसम्म पुगेको चितवन दोस्रो सिजनमा भने आठ टोली सहभागी प्रतियोगितामा सातौं स्थानमा रहँदै लिग चरणबाटै बाहिरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>