क्रिकेट

विश्वकप छनौट एशिया फाइनलः सिंगापुरले दियो नेपाललाई १९२ रनको लक्ष्य

Banner

चितवन, साउन १२–

आईसीसी टि–२० विश्वकप एशिया छनौट फाइनल प्रतियोगिता अन्तरगत अन्तिम खेलमा अहिले नेपाल र सिंगापुर भिड्दैछन् । घरेलु मैदानमा सिंगापुरले टस जितेर व्याटिङ गरेको सिंगापुरले नेपालसामु १९२ रनको विशाल लक्ष्य पेश गरेको छ ।

निर्धारित २० ओभरमा सिंगापुरले ६ विकेटको क्षतिमा १९१ रन बनायो । उसका लागि टिम डेभिडले ७७ रनको आक्रमक पारी खेले । यस्तै रोहनले ४९, मनप्रित सिंहले ४२ रनको आक्रमक पारी खेले । नेपालका लागि अभिनास बोहराले ४, करन केसीले २ विकेट लिए । बोहराले ४ ओभरमा मात्र ३४ रन खर्चिए । आज बसन्त रेग्मी महंगो सावित भए । ४ ओभर बलिङ गरेका बसन्तले ५४ रन खिर्चए ।

आजको खेलमा विजयी हुने टिम युएईमा हुने विश्वकप ग्लोबल छनौटमा प्रवेश गर्नेछ । त्यसैले दुवै टिमलाई आजको खेल गर या मरको अवस्थामा छ । सिंगापुरविरुद्ध नेपालले कुनै खेलाडी परिवर्तन गरेको छैन् । हिजो कुवेतविरुद्ध उत्रिएको टोली नै आज मैदानमा उत्रिदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>