क्रिकेट
नेपालद्धारा मलेसिया ७ विकेटले पराजित
चितवन, साउन ८–
सिंगापुरमा जारी टि–२० विश्वकप छनौट एशिया फाइनलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । वर्षाले प्रभावित बनाएको ९ ओभरको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ६ बल बाँकी छदै पुरा ग¥यो ।
नेपालका विनोद भण्डारीले छक्का प्रहार गर्दै जित दिलाए । भण्डारीले नटआउट १३ रन बनाए । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्ले महत्वपूर्ण अर्धशतकिय पारी खेले । उनी २१ बलमा ५१ रन बनाएर आउट भए । यस्तै प्रदीप ऐरीले १२ र दीपेन्द्र सिंह ऐरीले २ रन बनाएर आउट भए । शरद भेषवाकर ३ रनमा अविजित रहे । नेपालले ओपनिङ जोडीमा झेल्दै आएको साझेदारी ज्ञानेन्द्र र प्रदीपले तोडेका थिए । यी दुई मिलेर ६६ रनको किर्तिमानी साझेदरी गरे ।
मलेसियाका लागि मुहम्मद स्याहदतले १९ रन दिएर ३ विकेट लिए ।
यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङमा उत्रिएको मलेसियाले ७ विकेटको क्षतिमा ८३ रन बनाएको थियो । उसका लागि सायद अजिजले सर्वाधिक ३० रन बनाए । भिरनदिप सिंहले २१ रन बनाए । नेपालका लागि सोमपाल कामीले २३ रन खर्चिर ३ विकेट लिए भने बसन्त रेग्मीले एकै ओभरमा ९ रन खर्चिर २ विकेट । यस्तै सन्दीप लामिछाने र करन केसीले एक÷एक विकेट लिए । आजको खेलमा नेपालका ज्ञानेन्द्र मल्ल म्यान अफ दि म्याच घोषित भए ।
आजको जितसंगै लिगको शीर्ष स्थानमा रहने नेपालको संभावना कायमै रहेको छ । २ खेलमा एक जित र एक हारको साथमा नेपाल २ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ ।