क्रिकेट
नेपाल र मलेसियाबीचको खेल वर्षाले प्रभावित, खेल रद्द हुन सक्ने संभावना
०

चितवन, साउन ८–
सिंगापुरमा जारी टि–२० विश्वकप छनौट एशिया फाइनल अन्तरगत नेपाल र मलेसियाबीचको खेल वर्षाले प्रभावित भएको छ । नेपाली समय अनुसार विहान ७ः१५ बजेदेखी सुरु हुनुपर्ने खेल ८ः३० बजेसम्म पनि सुरु हुन सकेको छैन् ।
सिंगापुरमा आज दिनभर वर्षा हुन सक्ने त्यहाँका मौसाम पूर्वानुमान महाशाखाले जनाएको छ । आजको खेल रद्द भए नेपाललाई विश्वक ग्लोबल क्वालिफायरमा छनौट हुने संभावना झनै कमजोर बन्नेछ । पहिलो खेलमा कतारसंग ४ विकेटले अप्रत्याशित हार व्यहोरेपछि नेपालको विश्वकप यात्रा कठिन बनेको हो ।
आज खेल भएको खण्डमा पनि नेपालका कप्तान पारस खड्का नखेल्ने भएका छन् । ढाडको समस्याले पारस पहिलो खेल पनि पुरै खेल्न सकेका थिएनन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























