चितवन विशेष

नयाँ पुस्ताले कम्युनिस्ट आन्दोलन नबुझे नेपालमा कम्युनिस्ट समाप्तः पूर्वअर्थमन्त्री पाण्डे

Banner

चितवन, साउन ७-

नयाँ पिढींले कम्युनिस्ट आन्दोलन बुझ्न नसकेसम्म कम्युनिस्ट पार्टी रहन नसक्ने पूर्वअर्थमन्त्री तथा नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले बताएका छन् ।

मंगलबार चितवनमा आयोजित ४१ औ पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा चितवन तथा पुष्पलाल स्मृति प्रतिष्ठान चितवन शाखाले गरेको ‘पुष्पलालको योगदान र वर्तमान सन्र्दभ’ मा बोल्दै अहिलेको नयाँ पिढीँमा राजनीतिबारे आकर्षण र ज्ञान घट्दै गएको तर्फ पूर्वअर्थमन्त्री पाण्डेको भनाइ लक्षित थियो । उनले सत्तामा रहेको दलले बेरोजगार हटाएर क्रान्ति गर्नु पर्ने धारणा राखे । कम्युनिस्टहरुले उधोग, व्यवसाय ग¥यो र कमायो भने उ ‘कमाउनिष्ट’ भयो भनेर आलोचना गर्ने स्कुलिङ नसच्चिएसम्म कम्युनिस्ट पार्टीमा युवाहरुको आकर्षण बढ्न नसक्ने पूर्वअर्थमन्त्री पाण्डेको भनाइ थियो ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका पाण्डेले अब कल्पनाका कुरामात्र नगरी यथार्थमा आवश्यक के हो त्यो बुझनुपर्ने बताए । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको २०३५ साल साउन ७ गते भारतमा निधन भएको दिनलाई सम्झना गर्दै नेकपा चितवनका इन्चार्ज कृष्ण खनालले कार्यपत्र प्रस्तुत गर्दै कमरेड पुष्पलालको योगदान र आजको सन्र्दभका बारेमा चर्चा गरेका थिए । उनले पुष्पलालले गरेका संघर्ष, उनीमाथि लागेको गद्धारको आरोप, कम्युनिस्ट आन्दोलनमा आएका समस्या, अबको बाटो कस्तो हुनु पर्दछ जस्ता विषय समेटेर कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमाथि बाम बुद्धिजिवि रमाकान्त सापकोटा र भीमराज अधिकारीले टिप्पणी गर्दै पुष्पलाललाई सम्झँदा उनका दाजु शहिद गंगालाल र श्रीमती सहाना प्रधानको योगदानलाई बिर्सन नहुने सुझाव दिएका थिए । प्रतिष्ठानका उपाध्यक्ष यमुना न्यौपानेको अध्यक्षतामा भएको विचार गोष्ठीमा नेकपाका केन्द्रीय सदस्य देवी ज्ञवाली, चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार, प्रतिष्ठानका सचिव रामप्रकाश अधिकारीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमलाई नेकपा चितवनका नेता तेजेन्द्र खड्काले सहजीकरण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>