क्रिकेट
विश्वकप छनौट एशिया फाइनलः कतारद्धारा नेपाल ४ विकेटले पराजित
०

चितवन, साउन ७–
सिंगापुरमा भइरहेको टि–२० विश्वकप छनौट एशिया फाइनलमा नेपाल पहिलो खेलमै पराजित भएको छ । नेपाल भन्दा वरियतामा तल्लो स्तरमा रहेको कतारले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।
नेपालले दिएको १२३ रनको झिनो लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाउँदै १२४ रन बनाउँदै पहिलो जित हात पा¥यो । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । यस्तै टस जितेर पहिले व्याटिङ गरेको नेपाल १२२ रनमा अलआउट भयो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३४, कप्तान पारस खड्का २८ र मल्ल २३ रन बनाएर आउट भए । अन्य व्याट्सम्यान उल्लेखीय प्रदर्शन गर्न सकेनन् ।
आजको खेलमा पराजित भएसंगै विश्वकप छनौटको ग्लोबल क्वालिफायरमा प्रवेश गर्न नेपाललाई कठिन अवस्था सिर्जना भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>