नवलपुर

देवचुलीका महिलाले प्रयोग गर्नै प्याड आफैँ बनाए

Banner

नवलपुर, साउन ५-

नवलपुरको देवचुलीका महिलाले आफैँले प्रयोग गर्ने प्याड आफैँ बनाएका छन् ।

दिगो खानेपानी तथा क्षमता अभिवृद्धि परियोजनाको आयोजनामा देवचुली नगरपालिकाका वडा ६ देखि ९ का महिला स्वास्थ्य स्वयंसेविकाहरु र आमा समूहका प्रतिनिधिलाई देवचुली खानेपानी संस्थाको सभाहलमा तालिमको आयोजना गरिएको हो ।  महिलालाई महिनावारीका समयमा हुने विभिन्न समस्या र समाधानका उपायहरू तथा बजारिया प्याडको सट्टामा घरमै प्याड बनाई प्रयोग गर्न उत्प्रेरित गर्नका लागि तालिमको आयोजना गरिएको परियोजना संयोजक प्रवीण घिमिरेले जानकारी दिए ।

तालिमको उद्घाटन सत्रमा मन्तव्य राख्दै देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारीले महिलालाई बजारिया प्याडहरु प्रयोग गर्दा विभिन्न रोगहरुको संक्रमित हुन सक्ने भएकाले घरमै प्याड निर्माण गरी प्रयोग गर्नका लागि सबैलाई आग्रह गरेका थिए । देवचुली नगरपालिकाबाट यस आर्थिक वर्षमा महिलाका लागि घरमै निर्मित प्याड निर्माणका लागि तालिम आयोजना गर्नका लागि बजेट विनियोजन गरिएको उपप्रमुखले बताइन् । तालिममा महिनावारी सरसफाइ विषयमा यानमाया गुरुङ र राजु चापागाईले तथा सेनेटरी प्याड निर्माणका लागि दीपा विकले सहजीकरण गरेका थिए ।

देवचुली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था देवचुली–७ का अध्यक्ष भूमिसरा आलेको अध्यक्षतामा भएको कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरु र प्रत्येक वडाका महिला प्रतिनिधिहरु गरी ४० जनाको सहभागितामा सम्पन्न भएको थियो । देवचुली नगरपालिका वडा न ६ देखि ९ लाई २०७३ सालमा पूर्णसरसफाइ तथा वातावरणमैत्री वडा घोषणा गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>