क्रिकेट
टि–ट्वान्टी विश्वकप छनौट एशिया फाइनल भोलिदेखी
चितवन, साउन ५–
आइसीसी टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटको फाइनल प्रतियोगिता भोलिदेखी सिंगापुरमा सुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भईसकेको छ । सो प्रतियोगिताको लागि तयारी स्वरुप मलेसिया पुगेको नेपाली टोली पनि सिंगापुर पुगेर अभ्यास पुरा गरि सकेको छ ।
प्रतियोगिताको सबै खेल इण्डियन एशोसियसनको क्रिकेट मैदानमा हुनेछ । यो अन्य अन्तर्राष्ट्रिय क्रिकेट मैदान भन्दा छोटो छ । जसले गर्दा प्रतियोगितामा धेरै रन बन्ने संभावना देखिएको छ । यस मैदानमा पहिलो पटक टि–२० अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा नेपालसहित घरेलु टोली सिंगापुर, मलेसिया र कतारले प्रतिस्पर्धा गर्नेछ । नेपालले पर्सी साउन ७ गते कतारसंगै प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली यसैवर्ष युएईमा हुने ग्लोबल छनौटमा सहभागिता जनाउन पाउने छ । सो प्रतियोगिता सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपका लागि अन्तिम छनौट प्रतियोगिता हो ।