राजनीति
ओली सरकारका कारण तराई डुब्यो,कुटनीतिक पहल भएनः देउवा

इटहरी,साउन ४-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारले कुटनीतिक पहल नगर्दा तराईमा बाढी तथा डुबानले बढी क्षति गरेको बताएका छन् । उनले सरकारले भारतसँग कुटनीतिक पहल गर्न नसकेका कारण जनधनको क्षति हुन पुगेको आरोप लगाए ।
सभापतिदेउवाले कुटनीतिक पहल नगर्दा तराईमा बाढी तथा डुबानले बढी क्षति गरेको बताए। सरकारले भारतसँग कुटनीतिक पहल गर्न नसकेका कारण जनधनको क्षति हुन पुगेको उनको आरोप छ। तराईका डुबान तथा बाढीले प्रभावित प्रदेश नं. २ का जिल्लाको अवस्था बुझेर देउवा शनिबार सुनसरीका बाढी पीडितको अवस्था बुझ्न आएका हुन्। उनले जिल्लाका विभिन्न स्थानमा गएर बाढीपीडितको समस्याबारे जानकारी लिएका छन्।
उनले उद्धार तथा राहतमा सरकारले ध्यान नदिएको समेत जिकिर गरे। ‘बाढी पीडितको विचल्ली भएको छ,’ उनले भने, ‘बाढी पीडितलाईं राहतका लागि संसदमा जोडदार माग राखिनेछ।’ उनले पीडितको राहत र पुनर्स्थापनामा प्रतिपक्षी दलको हैसियतमा सहयोग गर्ने घोषणा गरे। कांग्रेस संसदीय दलको निर्णयअनुसार संघीय सांसदले पाँच दिनको र प्रदेश सांसदले १० दिनको तलब दिने निर्णय गरेका छन्।