चितवन विशेष

नेपालमा आयो आगो नलाग्ने स्वीच र सकेट (फोटोफिचर)

Banner

चितवन, असार ३०–

जानभी मार्केटिङले नेपालमा पहिलो पटक आगो नलाग्ने स्वीच र सकेट नेपाली बजारमा ल्याएको छ ।

चितवनमा भव्य समारोहकाबीच जानभीले शतप्रतिशत आगो नलाग्ने स्वीच र सकेट सार्वजनिक गरेको हो । जानभीले चीनबाट आगो नलाग्ने एमजी गोल्ड र पीजी गोल्ड नामक इलेक्ट्रोनिक स्वीच र सकेट नेपाल भित्र्याएको हो । जानभीका अध्यक्ष दिलिप अग्रवालले आगो लाग्ने समस्याले आजित बनेका नेपाली उपभोक्तालाई सहज हुने गरी पहिलो पटक स्वीच र सकेट नेपाल ल्याइएको जानकारी दिए । यो सकेट र स्वीच अन्य भन्दा केही महंगो पर्ने भए पनि सुरक्षित रहेको जानभी मार्केटिङले जनाएको छ ।

यस्तै सोही अवसरमा चार दशक इतिहास बनाएको जनता केबुलले उत्पादन गरेको मानव स्वास्थ्यलाई असर नपर्ने धुवाँरहित तार (एफआरएलएस) पनि सार्वजनिक गरिएको छ । जनता केबलका अध्यक्ष पवन अग्रवालले विदेशमा प्रयोग गरिने जस्तै तार नेपालमा उत्पादन गरिएको बताए । तारकै कारणले कुनै क्षति नहोस् भन्ने उद्देश्यले नयाँ प्रविधि मार्फत कम धूवाँरहित तार उत्पादन गरिएको उनले बताए । धेरै जसो दुर्घटनामा तार सर्ट हुँदा निश्किने धुँवा गुम्सिएर मानिसको ज्यान जाने गरेको छ । तर यसबाट निश्किने धुँवाले कुनै असर नगर्ने जनता केबुलका जनरल म्यानेजर किशोर घिमिरले जानकारी दिए ।

कार्यक्रममा देशभरबाट डिलरका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो क्रममा डिलरहरुका लागि विभिन्न अफरहरु घोषणा गरिएको थियो । जनता केबुलका जनरल म्यानेजर किशोर घिमिरले निश्चित मापदण्ड बनाई जनता केबुल र जानभी मार्केटिङले डिलरहरुको लागि अफर घोषणा गरिएको बताए । उनले एक वर्ष अवधिमा कम्पनिको लक्ष्य पुरा गर्ने डिलरहरुका लागि सुन उपहार दिइने बताए । उनले यो अफर यही साउनदेखी आगामि असारसम्म लागु हुनेछ ।

यस्तै कार्यक्रममा आर्थिक वर्ष २०७५/७६ भित्रका उत्कृष्ट विक्रेताहरुलाई सम्मान गरिएको छ । जनता केबुलको उत्कृष्ट विक्रेता मध्येमा पहिलो स्थान कृतिका बिजुली पसल काठमाडौंले हासिल गरेको छ । पसल संचालक रुपक धिताललाई पुरस्कार स्वरुप बजाजको १५० सिसिको पल्सर मोटरसाईकल प्रदान गरिएको छ । यस्तै दोस्रो स्थान केसी इलेक्ट्रोनिक्स धरान र तेस्रो स्थान न्यू बैदेही इलेक्ट्रोनिक्स जनकपुरले हासिल गरेको छ । दोस्रो भएका केसी इलेक्ट्रोनिक्सका हरि केसीलाई ५५ इन्चको सामसुङ टेलिभिजन र तेस्रो भएका न्यू बैदेही इलेक्ट्रोनिक्सका संचालक अमन अग्रवाललाई सुनको सिक्री प्रदान गरिएको छ । कम्पनिले प्रोत्साहन पुरस्कार स्वरुप न्यू बैदेही इलेक्ट्रोनिक्सका संचालक अमन अग्रवाललाई पनि बजाजको पल्सर मोटरसाईकल प्रदान गरेको छ ।

त्यसैगरी कार्यक्रममा जानभी मार्केटिङको तर्फबाट पनि एक वर्ष अवधिमा उत्कृष्ट विक्रेताहरुलाई पुरस्कृत गरिएको छ । प्रथम स्थान हासिल गरेका नेपाल इलोक्ट्रोनिक्स बुटवलका अनन्त थैवलाई बजाज १५० सिसिको पल्सर मोटरसाइकल, दोस्रो भएको शाक्य मेसिनरी बनेपाका दीपेश शाक्यलाई ५५ इन्चको सामसुङ टिभी र तेस्रो भएको ब्लु डायमण्ड इलेक्ट्रोनिक्स काठमाडौंका नविन बैराठीलाई सुनको सिक्री प्रदान गरिएको छ ।

कार्यक्रममा जनता केबुलका निर्देशक मनोहर अग्रवाल, आगो नलाग्ने स्वीच र सकेट उत्पादन कम्पनि चीनका प्रतिनिधि आरजे चेङ र क्रिष्टिनालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थितलाई चर्चित हास्यकलाकार मनोज गजुरेल र गायक कमल खत्रीले मनोरञ्जन प्रदान गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>