कर्पोरेट

भरतपुरको गतिशील र स्याउलीबजार सहकारी एकीकरण

Banner

चितवन, असार २९-

भरतपुरको गतिशील बचत तथा क्रृण सहकारी र स्याउली बजार बचत तथा क्रृण सहकारीबीच एकीकरण भएको छ ।

दुई सहकारी एकीकरण गरी एकीकृत चितवन बचत तथा क्रण सहकारी संस्था लिमिटेड स्थापना गरिएको छ । संस्थाले असार ३१ गते घोषणा सभा र साउन ११ गते प्रथम साधारण सभा आयोजना गर्ने शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।
दुवै सहकारी भरतपुर १० मा रहेर आफ्नो सेवा प्रवाह गर्दै आइरहेका छन् । भविष्यमा अन्य सहकारीसँग पनि एकीकरण गरेर बलियो सहकारी स्थापना गर्ने योजना रहेका साथ एकीकृत चितवन बचत तथा क्रण सहकारी संस्था स्थापना गरेको एकीकरण संयुक्त कार्यदलका संयोजक दीपकबाबु नेपालले जानकारी दिए ।

दुई सहकारी एकीकरण पश्चात एकीकृत संस्थाको चुक्ता शेयर पूँजी ३५ करोड २३ लाख चार हजार ४७६ रुपैंयाँ, बचत १४ करोड ८६ लाख १९ हजार ९८२ रुपैंया, क्रण लगानी १६ करोड ७४ लाख ३२ हजार ७३४ र कोष हिसाब ११ करोड ४२ लाख एक हजार ६१ रुपैंयाँ रहेको पत्रकार सम्मेलन मार्फत् जानकारी दिइएको छ । संस्थाको शेयर सदस्य दुई हजार ५३ जना रहेका छन् ।

एकीकृत संस्थालाई समुदायमा आधारित, दिगो विकास गर्न सक्ने, सक्षम सबल र चितवन जिल्लाकै नमुना सकोस बनाउन कोसेढुङ्गा सावित हुने अपेक्षा राखिएको चितवन जिल्ला बचत तथा क्रृण सहकारी संघका कोषाध्यक्ष केशव रेग्मीले जानकारी दिए । उनका अनुसार करिब २२ करोड कुल पूँजी रहने एकीकृत सहकारीको कार्यक्षेत्र तत्कालका लागि भरतपुर र रत्ननगर नगरपालिका तथा भविष्यमा जिल्लाका सबै स्थानीय तहमा रहने छ । सरकारले अघि बढाएको सहकारीको एकीकरण अभियानलाई सार्थक पार्न सहकारी एकीकरणलाई तीव्र पारिने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>