कर्पोरेट

एनआईसी एशिया बैँक र विराटनगर अस्पतालबीच सम्झौता

Banner

चितवन, असार २६-

एनआईसी एशिया बैँक र विराटनगर अस्पतालबीच बैंकका कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा छुट दिने सम्झौंता भएको छ ।

बैँकले आज जारी गरेको विज्ञप्तिमा अस्पतालले १५% सम्मको छुट र बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई विभिन्न सेवा सुविधामा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको उल्लेख छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं १ अन्तर्गत विराटनगर उपप्रादेशिक कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्य र विराटनगर अस्पतालको तर्फबाट अस्पतालका निर्देशक डा. सुशील तपरियाले हस्ताक्षर गरेका छन् ।

एनआईसी एशिया बैँकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८६ शाखा कार्यालयहरु, ३०० एटीएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवम् ४० वटा शाखारहित बैंकिङ इकाइमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको विज्ञप्तिमा उल्लेख छ । करिब १६ लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको बैँकले दाबी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>