कर्पोरेट

सांग्रिला डेभलपमेन्ट बैंक र लर्ड बुद्ध एकेडेमीबीच सम्झौता

Banner

चितवन, असार २५-

सांग्रिला डेभलपमेन्ट बैँक लिमिटेड र नेपालगञ्जमा अवस्थित लर्ड बुद्ध  एजुकेशनल एकेडेमीद्वारा सञ्चालित नेपालगञ्ज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेजबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा बैँकका कर्मचारी, कर्मचारीका परिवार, बैँकका डेबिट कार्डवाहक तथा बैँकका सम्पूर्ण ग्राहकलाई उपचार गराउँदा विभिन्न सेवा सुविधामा छुट दिने गरी व्यवस्था भएको बैँकले आज प्रेषित गरेको विज्ञप्तिमा उल्लेख छ । यही साउन १ गतेबाट लागू हुने सम्झौंतामा १०% सम्मको छुट प्रदान गर्ने सहमति भएको बैँकले जनाएको छ । उक्त सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय प्रबन्धक जयन्द्रबहादुर खड्का र लर्ड बुद्घ एजुकेशनल एकेडेमीका प्रबन्ध सञ्चालक डा सुरेशकुमार कानोडियाले हस्ताक्षर गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>