चितवन विशेष
चितवन कारागारका कैदीबन्दी बिरामी, ३५ जनालाई ज्वरो
०

चितवन,असार २२-
चितवन कारागारका कैदीबन्दी बिरामी भएका छन् । कारागारका कैदी बन्दीमा भाइरलको संक्रमण देखिएको कार्यालय प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए ।
कारागारमा रहेका ७५९ बन्दीमध्ये ३५ जनालाई ज्वरो आएको छ । भाइरलको समस्या देखिएपछि सतर्कता अपनाइएको काफ्लेले बताए । भाइरलको संक्रमण चाँडो बढ्न सक्ने देखिएकाले यसलाई नियन्त्रण गर्न उपचारको प्रक्रिया शुरु गरिएको छ ।
कारागारमा आकाशे पानी जम्ने भएकाले भाइरलको समस्या देखिने गरेको छ । कारागारमा क्यान्सरका सात, कुष्ठ रोगको एक, क्षयरोगका दुई, हेपाटाइटिस ‘बी’को एक, एचआइभी संक्रमित चार, उच्च रक्तचापका ४५ तथा मधुमेहका २० बिरामी रहेका छन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























