खैरहनी

खैरहनीको आन्तरिक आम्दानी बढ्यो, करिब ८ करोड पुग्यो

Banner

चितवन, असार १८–

पूर्वीचितवनको खैरहनी नगरपालिकाले लक्ष्य भन्दा बढी आन्तरिक आम्दानी गर्न सफल भएको छ ।

खैरहनीले चालु आर्थिक वर्षमा सात करोड १९ लाख रुपैयाँ आन्तरिक श्रोतबाट आम्दानी गर्ने लक्ष्य लिएको थियो । चालु आर्थिक वर्षको सुरुवातमै घरदैलो कार्यक्रम गरेर करको दायरामा नआएका व्यवसायलाई दायरामा ल्याएपछि राजस्व संकलन अत्याधिक भएको हो । चालु आर्थिक वर्षको हालसम्म खैरहनीले लागत सहभागीता बाहेक सात करोड ७४ लाख २९ हजार रुपैयाँ आम्दानी गरिसकेको नगरपालिकाका प्रशासकीय अधिकृत प्रकाशचन्द्र पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार सबैभन्दा धेरै घरजग्गा रजिष्ट्रेशनबाट दुई करोड ३६ लाख ६२ हजार रुपैयाँ असुली भएको छ । त्यस्तै एकीकृत सम्पति करबाट एक करोड ५८ लाख रुपैयाँ आम्दानी भएको छ । खैरहनीका प्रमुख लालमणि चौधरी नगरपालिकाको आन्तरिक आम्दानी बढ्दै जानु नगरपालिका सक्षम बन्ने संकेत रहेको बताउँछन् । ‘हामी जनप्रतिनिधी भएर आउनुअघि एक करोड संकलन हुन मुस्किल थियो’ प्रमुख चौधरीले भने–‘नगरपालिकाको टिमको लगनशीलता, सक्रियताकै कारण आन्तरिक आम्दानी बढ्दै गएको हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>