कालिका
कालिकामा भष्टाचारविरुद्ध प्रवद्र्धनात्मक कार्यक्रम

चितवन, असार १८–
पूर्वीचितवनको कालिका नगरपालिकामा भ्रष्टाचारविरुद्ध प्रवद्र्धनात्मक कार्यक्रम गरिएको छ ।
निगरानी संस्थाले आयोजना गरेको सो कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य तथा विभागिय प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख खुमनारायण श्रेष्ठले कालिकाले भ्रष्टाचारविरुद्ध शून्य शहनशिलताको नीति अख्तियार गरेको बताए । ‘हामी भ्रष्टाचार सहन सक्दैनौं’ उनले भने ‘कसैले भ्रष्टाचार गरेको पुष्टि भए ठाउँका ठाउँ कारवाही गर्छौ ।’
जनताले आफूहरुलाई राम्रो काम गर्न जनमत दिएको भन्दै प्रमुख श्रेष्ठले भ्रष्टाचारलाई जरैदेखि उखालेर फाल्ने अठोट आफूले लिएको बताए । भ्रष्टाचार गरेको थाहापाए कर्मचारीलाई मात्र नभइ जनप्रतिनिधिलाई समेत कारवाही गर्ने प्रतिवद्धता जनाए ।
निगरानी संस्थाका अध्यक्ष भीमबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रामकुमार श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।