गण्डकी

म्यार्दी पुल २० दिनभित्र पुननिर्माण गर्न मुख्यमन्त्री गुरुङको निर्देशन

Banner

पोखरा असार १७

लमजुङ र मनाङको सिमाना म्यार्दी खोलामा ८ असारमा आएको बाढीले बगाएको मोटरेवल पुल २० दिनभित्र पुननिर्माण गरिने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई जिल्लाको सडक सम्बन्ध जोड्न र अवरुद्ध भएको यातायात सेवा सुचारु गर्न तत्काल पुल पुननिर्माण गर्न संवन्धित निकायलाई निर्देशन दिए ।

म्यार्दी खोलामा पुल बगाएको स्थानको स्थलगत अवलोकन गर्न मुख्यमन्त्री गुरुङले भौतिक पुर्वाधारमन्त्री रामशरण बस्नेत, प्रदेश सभा सासंद धनन्जय दवाडी , प्रदेश सरकारका प्रमुख सचिव हरिप्रसाद बस्याल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इश्वर मरहठ्ठा लगायतलाई लगेका थिए । स्थलगत अवलोकन पश्चात मुख्यमन्त्री गुरुङले अस्थायी संरचना बनाएर तत्काल यातायात तथा ढुवानी सेवा सुचारु गर्न निर्देशन

दिएका हुन् ।

“जनताले दुख पाएको प्रदेश सरकार टुलुटुलु हेरेर बस्न सक्दैन, उनले भने, बेलीब्रिज पुल जडान गरेर तत्काल यातायात सुचारु गर्नुस् ।” स्थायी पुल निर्माण गर्नका लागि संघीय सरकारसँग समन्वय गरेर अघि बढ्ने उनको भनाई छ । राष्ट्रिय राजमार्गमा पर्ने यस सडक संघीय सरकारको अधिकार क्षेत्रभित्र पर्छ । संघीय सरकारको अधिकार क्षेत्रभित्र भएपनि प्रदेश सरकारले जनतालाई तत्काल राहत दिन पुल पुन निर्माण गर्न लागेको भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बताए ।

गत असार ८ गते आएको बाढी र पहिरोले पुल माथी थुनिएको र अचानक फुट्दा पुल नै बगाएको स्थलगत अवलोकनमा देखिएको छ । मन्त्री बस्नेतका अनुसार पुलको पिलर वरीपरी रेट्रोफिटिङ गर्ने र बेलिब्रिज राखिनेछ । जसका लागि प्राविधिक डिजाइन भइसकेको उनको भनाई छ ।
गतबर्ष निर्माण सकिएको यो पुल बनाउन २ करोड खर्च भएको थियो । पुल बाढी र पहिरोले बगाएपछि स्थानीयले काठको पुल हालेर खोला वारपार गरिरहेका छन् । काठको सामान्य पुलबाट मानिस र खोलाबाटै गाडी तार्नुपर्ने हुँदा अत्यन्त जोखिम देखिएको छ ।

नेपाली सेनाले निर्माण गरेको बेसीशहर चामे सडकको ३५ किलोमिटरको दुरीमा पर्ने म्यार्दी खोलामा २०६४ मा काठेपूल बनाइ यातायात सञ्चालन गरिएको थियो । उक्त पुल २०७२ जेठमा जीर्ण भइ भाँचिएपछि स्टील ब्रीज राखिएको थियो । सो पुल अघिल्लो बर्ष असार ३१ मा आएको बाढीले वगाएपछि पुन अर्को पुल साउनमा बनाइएको थियो । अब भने यसरी पहिलो र बाढीले बगाइरहने अवस्था नआउने गरी पुल स्थायी पुल बनाइने मुख्यमन्त्री गुरुङले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>