कर्पोरेट
सांग्रिला डेभलपमेन्ट बैैंकको शाखा सिमकोट हुम्लामा

चितवन, असार १७-
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सोमबार हुम्ला जिल्लाको सिमकोट गाउँपालिका कालिचोकमा आफनो शाखा विस्तार गरी कारोबार सुरु गरेको छ ।
बैँकले जारी गरेको विज्ञप्तिमा अब यस विकास बैंकको कुल शाखा संख्या ८६ पुगेको छ भने बैंकको थप ५ शाखा उद्घाटन हुने क्रममा रहेका छन् । शाखा कार्यालयको विधिवतरुपमा उदघाटन बैंकका सञ्चालक समिति अध्यक्ष अच्युतप्रसाद प्रसाई र सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाबाट सयूक्तरुपमा भएको थियो ।
कार्यक्रममा सिमकोट गाउँपालिकाका उपाध्यक्ष बली रावतलगायत वडाध्यक्षहरु, कार्यकारी प्रमुख एवम् हुम्ला जिल्ला न्यायाधीश केशवबहादुर पाण्डे, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुगानालगायत विभिन्न सरकारी निकायका प्रमुखहरु, विभिन्न राजनीतिक दलका अध्यक्ष एवम् प्रतिनिधीहरु सहभागिता रहेको थियो ।
कार्यक्रममा बैंकका क्षेत्रिय प्रबन्धक जयन्द्र खड्काले स्वागत मन्तव्य राखेका थिए । उधोग वाणिज्य संघ हुम्लाका अध्यक्ष नाम्गेल तामाङले हुम्ला जिल्लामा विकास बैँकको आवश्यकता रहेको र यसबाट सम्पुर्ण हुम्लाबासीको बैंकिङ पहुँचमा मद्धत मिल्ने व्यहोरा जानकारी गराए । वडा नं. ६ का अध्यक्ष जयचन्द्र रोकायाले बैंकलाई हुम्लाबासीको साथ रहने जानकारी गराउँदैं बैंकलाई जिल्लामा स्वागत गरे । कार्यक्रममा हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले बैंक सञ्चालन भएकोमा खुसी व्यक्त गरेको बैँकले जनाएको छ ।
























