कर्पोरेट

एभरेष्ट बैंकका ग्राहकलाई मेडिसिटी अस्पतालमा छुट

Banner

चितवन, असार १७-

एभरेष्ट बैंक लिमिटेडले नेपाल मेडिसिटी अस्पतालसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ ।

बैँकले आज जारी गरेको विज्ञप्तिअनुसार काठमाडौँको भैसीपाटीमा रहेको मेडिसिटी अस्पतालमा बहु–अनुशासनिक ढंगबाट उत्कृष्ट चिकित्सक तथा अत्याधुनिक प्रविधिबाट समग्र रोगहरुको उपचार गरिने जनाइएको छ । नेपाल मेडीसिटी दक्षिण एशियाकै स्वास्थ्य सेवा गन्तव्यको रुपमा विकसित भएको विज्ञप्तिमा बैँकले दाबी पनि गरेको छ ।

बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकले औषधि बिल, डिस्पोजेबल प्रत्यारोपण, ओपीडी परामर्श तथा प्याकेजहरु बाहेक अन्य सेवा–सुविधाहरुमा ७% छुट पाउन सक्नेछन् । यस साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकले भिषा डेबिट कार्ड स्वाइप गरेर उपलब्ध अफरहरुको लाभ लिन सक्नेछन् । ‘सर्भिस विथ स्माइल’ नारासहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्यनजर गर्दै आएको बैँकले जनाएको छ ।

एभरेष्ट बैंकको ग्राहकको संख्या १० लाख भन्दा बढी रहेको छ जुन बैंकिङ क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११९ एटीएम तथा वृहत् बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको बैँकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>