चितवन विशेष

गुणस्तरीय शिक्षाका लागि एपेक्स एकेडेमी

Banner

चितवन, असार १७-

भरतपुर र नारायणगढको मुटु मानिने क्षेत्रपुरमा रहेको एपेक्स एकेडेमी चितवनको एक प्रतिष्ठित शिक्षण संस्था हो । विसं २०५७ सालबाट पठनपाठन सुरु गरेको एकेडेमीमा धेरै अनुभवी पूर्णकालिन प्राध्यापकहरु भएकोलेबिज्ञानमा हरेक वर्ष ९० प्रतिशत र व्यवस्थापनमा झण्डै ७० प्रतिशत विद्यार्थीहरु यस एकेडेमीले उर्तीर्ण गराउँदै आइरहेको छ । विज्ञान र व्यवस्थापन संकायमा केन्द्रित यस एकेडेमीले भविष्यमा मानविकी संकायमा पनि केही विषयहरु थप गर्ने योजना बनाएको छ ।

यस एकेडेमीमा व्यवस्थापन संकायमा कम्प्युटर विज्ञान, होटल म्यानेजमेन्ट र जेनेरल म्यानेजमेन्ट पढाइ हुँदै आइरहेको छ भने विज्ञानतर्फ फिजिक्स, केमेस्ट्री, बायोलोजी, गणित र कम्प्युटर विज्ञान अध्यापन हुँदै आइरहेको छ । यस शिक्षण संस्थाले विद्यार्थीहरुको वार्षिक परीक्षामा नतिजा राम्रो बनाउन हरेक वर्ष, अभिभावकसँग अन्तक्र्रिया, अतिरिक्त कक्षाहरु, विद्यार्थीको नतिजालाई हेरेर छात्रवृत्तिको व्यवस्था गर्दै आइरहेको छ ।

विद्यार्थीको पढाइ र घरमा भएको शैक्षिक वातावरणबारे पनि एकेडेमीले समयसमयमा जानकारी लिएर विद्यार्थीलाई आवश्यक प्रतिक्रियाहरु दिने गरेको एपेक्स एकेडमीका प्रचार्य दिनेश पुरीले बताए । उनले विज्ञान विषयमा १२ कक्षा उतीर्ण गरेका विद्यार्थीलाई उनीहरुको इच्छा र पढाइको स्तर अनुसार उच्च शिक्षाको लागि विभिन्न क्षेत्रमा अभिप्रेरित गरिने पनि जानकारी दिए ।

एकेडमीले हरेक वर्ष हुने वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउनुको साथै विभिन्न अतिरिक्त क्रियाकलापमा विद्यार्थी केन्द्रीत सिकाइलाई विशेष प्राथमिकता दिइरहेको छ । कलेजमा उत्कृष्ट र अध्याधुनिक प्रयोगशालासहित पर्याप्त खेलमैदान र कम्प्युटर ल्याब रहेको छ । कलेजका प्राचार्य दिनेश पुरीले वैज्ञानिक र गुणस्तरीय शिक्षामा आफूहरु सधै प्रतिबद्ध रहेको बताए । अनुभवी प्राध्यापकसहित राम्रो व्यवस्थापनमा सञ्चालित यस एकेडमीले यस वर्ष पनि कक्षा ११ मा भर्नाको लागि विद्यार्थीको आवेदन माग गरेको छ । यही असार २० गते शुक्रबार एपेक्स एकेडेमीले कक्षा ११ का विद्यार्थीको लागि प्रवेश परीक्षा राखेको छ । यस वर्षको कक्षा सञ्चालन साउन ६ गतेबाट सुरु हुने एकेडेमीले जनाएको छ । एउटा सेक्सनमा ४० जना विद्यार्थी पढाउने गरी हरेक वर्ष विज्ञान र व्यवस्थापनमा जम्मा ३२० जना विद्यार्थी एकेडेमीले पढाउने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>