देश/प्रदेश

होटलमा सुतिरहेका एक युवकको सर्पले टोक्दा मृत्यु

Banner

बझाङ असार १७-

जिल्लाको केदार स्यू गाउँपालिकाको देउरास्थित अरुण होटलमा सुतिरहेको अवस्थामा सर्पले टोक्दा एक युवकको मृत्यु भएको छ । मंगलबार सर्पले टोकेर मष्टा गाउँपालिका १ डुग्री घर भएका १९ वर्षिय पवन रोकायाको मृत्यु भएको हो ।
सोमबार राती होटलमा सुतिरहेको अवस्थामा सर्पले रोकायाको कानमा टोक्दा राती नै उनलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको थियो ।

राती सर्पले टोक्दा तत्काल उपचारका लागि जिल्ला अस्पताल ल्याएको थियो मंगलबार बिहानै उपचारका क्रममा अस्पतालमा नै रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>