चितवन विशेष

देवी ज्ञवाली भन्छन्ः मतपत्र च्यात्नेलाई अदालतले एक लाख दण्डित गर्‍यो, खुसी छु

Banner

चितवन,असार १६-

निर्वाचन कसुर सम्बन्धी भरतपुर महानगरपालिकाको मुद्दामा चितवन जिल्ला अदालतले दुई जनालाई जरिवाना सजाय सुनाएको छ । भरतपुर महानगरपालिकाको निर्वाचनमा मतपत्र च्यातेको अभियोगमा दोषी ठहर भएका द्रोण शिवाकोटी र मधु न्यौपानेलाई आज चितवन अदालतले जनही एक लाख रुपैयाँ जरिवान सजाय तोकेको छ । चितवन जिल्ला अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले आज सो साजय तोकेको हो । न्यायाधीश श्रेष्ठको इजलासले नै गत जेठ ३० गते उनीहरुलाई दोषी ठहर गरेको थियो ।

तत्कालीन समयमा भरतपुर महानगरको निर्वाचनमा मेयर पदमा प्रतिस्पर्धी रेनु दाहाल र देवी ज्ञवालीबीच मतान्तरको विषयमा रेनु दाहाल पक्षका मत गणनामा सलंग्नहरुले मत पत्र च्यातेका थिए ।

भरतपुर महानगरपालिकाको मतगणना अन्तिम हुँदै गर्दा ०७४ सालको जेठ १४ गते मध्यरातमा मतपत्रहरु च्यातिएका थिए । कुल २९ वटा वडाहरु रहेको भरतपुरमा वडा नं. १९ को मत गनेर लगभग सकिन लागेको थियो । गन्न बाँकी वडा नम्वर २० मात्रै थियो ।

मतपत्र च्यातिएपछि भरतपुर–१९ मा साउन २० मतदान भएर परिणाम घोषणा गर्नु परेको थियो । सो निर्वाचनमा कांग्रेस माओवादी केन्द्र गठवन्धनकी उम्मेदवार रहेकी रेनु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई २०३ मतले हराएर मेयर निर्वाचित भएकी थिइन् ।

अदालतको फैसलापछि नारायणी अनलाइनलाई प्रतिकृया दिँदै नेता देवी ज्ञवालीले अदालतको निर्णय प्रति आफू सन्तुष्ट रहेको बताए । उनले भने, ‘एक पैसा जरिवाना गरेको भएपनि म खुसी हुने थिएँ,एक लाख जरिवान गरेछ,सबैभन्दा ठुलो कुरा अदालतले डण्डित गर्‍यो ।’ उनले अदालतको फैसलाले देशमा कानुनी राज्य रहेको प्रमाणित भएको बताए । ‘मतपत्र च्यात्नेहरु दोषी हुन भन्ने कुरामा अदालत पनि प्रभावित हुन्छकी भन्ने लागेको थियो,उनले भने’, तर त्यसो भएन अपराध गर्नेहरु दोषि ठहर भए ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>