अर्थ

चितवनमा कोसेली घर सञ्चालन, हस्तकलाका सामग्री प्रवद्र्धन गर्ने लक्ष्य

Banner

चितवन, असार १६- 

उद्योग वाणिज्य संघ–चितवनले कोसेली घर सञ्चालनमा ल्याएको छ ।

उद्योग वाणिज्य संघ–चितवनले आज एक कार्यक्रमको आयोजना गरी कोसली घरको सुभारम्भ गरेको हो । उद्योग वाणिज्य संघ–चितवनअन्र्तगतको महिला उद्यमी विकास समितिको सक्रियता, घरेलु तथा साना उद्योग कार्यालयको सहयोग एवम् उद्योग वाणिज्य संघ–चितवनको संरक्षकत्व तथा प्रवद्र्धनमा उक्त कोसेली घर सञ्चालनमा ल्याइएको हो ।

महिला उद्यमीलगायत गृहणी महिलाद्धारा उत्पादित हस्तकला, घरेलु तथा लघु उद्योगबाट उत्पादित वस्तुहरुको प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कोसली घर सञ्चालनमा ल्याइएको हो । कोसेली घरको सुभारम्भ कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले रिवन काटेर कोसेली घरको सुभारम्भ गरिन् । कार्यक्रममा उपस्थित व्यक्तित्वलाई स्वागत गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधानले महिला उद्यमीद्वारा उत्पादित वस्तुहरुको संकलन, प्रवद्र्धन एवम् बजारीकरण गर्दै महिला उद्यमशिलता विकास गर्ने अभिप्रायले कोसेली घर सञ्चालनमा ल्याउन लागिएको बताए ।

कार्यक्रममा अध्यक्ष प्रधानले स्थानीयस्तरमा उपलब्ध स्रोत, सिप र साधनहरुको सदुपयोग गर्दै गृहिणी महिलाहरुले घरमै बसी उत्पादन गरेका उपभोग्यवस्तुको बजार पहिचान गर्दै उनीहरुको आय–आर्जनमा वृद्धि गर्न कोसेली घरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गर्दै चितवन कोसेली घर समग्र चितवनवासीको भएकोले यसलाई सफल पार्न सबैलाई अनुरोध गरे ।

चितवन कोसेली घरको उद्घाटन गर्दै कार्यक्रममा उपप्रमुख ठकुरीले चितवनका महिला उद्यमीको प्रयासको प्रशंसा गरिन् । उनले महिलाहरु कुनै पनि तवरले सक्षम रहेको बताउँदै महिला सशक्तिकरणका लागि महिला मूलतः आर्थिकरुपमा सबल हुनुपर्ने विचार राखिन् । महिला आर्थिकरुपमा सवल हुनका लागि उद्यमशिलता आवश्यक रहेको उनको विचार थियो । उनले उद्यमी महिलाहरुद्धारा उत्पादित वस्तुहरुको प्रवद्र्धन गर्नुका साथै आवश्यक सिप प्रदान गर्नका लागि भरतपुर महानगरपालिका सदैव तयार रहेको बताउँदै चितवन कोसेली घरको सफलताका लागि आफूले पूर्णरुपमा सहयोग गरेको बताइन् ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्वअध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कल्याण जोशीले बिगत लामो समयदेखि यस किसिमको कार्यक्रमको परिकल्पना गरिएको भएता पनि आज सफलता मिलेको बताउँदै यसको प्रवद्र्धनका लागि उद्योग वाणिज्य संघ–चितवन र महिला उद्यमी सदैव सक्रिय रहनुपर्ने बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य जोशीले उद्यमी आफै पनि एक उपभोक्ता भएको स्मरण गराउँदै दैनिक जीवनमा प्रयोग हुने खाद्यान्नलगायतका सामग्री स्थानीयरुपमा खरिद गर्नका लागि अपिल गरे । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत एवम् कोसेली घर सञ्चालक समितिका सदस्य–सचिव निलबहादुर केसीले कोसेली घर स्थापनाको उद्देश्य, यसको कार्यविधिलगायत प्रक्रियाका बारेमा अवगत गराएका थिए ।

सोही कार्यक्रममा महिला समूह समन्वय समितिका अध्यक्ष गोमा भट्टराईले उद्योग वाणिज्य संघको यस कार्यले आफूहरु उत्साहित भएको बताउँदै आफूहरु उत्पादन वृद्धिमा लागि पर्ने बताइन् । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै महिला उद्यमी विकास समितिका संयोजक एवम् कोसेली घर सञ्चालक समितिका अध्यक्ष रजनी मास्केले आफूले लामो समयदेखि देखेको सपना पूरा भएको बताउँदै यस कार्यका लागि सहयोग पु¥याउने उद्योग वाणिज्य संघ–चितवन, विभिन्न कार्यगत समिति, महिला उद्यमी, घरेलु तथा साना उद्योग कार्यालय, भरतपुर महानगरपालिका, सचिवालयका कर्मचारीलगायतलाई आभार व्यक्त गरेकी थिइन् । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधानको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>