कृषि

खैरहनीमा बाख्रा प्याकेज कार्यक्रमको अनगुमन

Banner

चितवन, असार १६-

चितवनको खैरहनी नगरपालिकाले नगरभित्र सञ्चालित बाख्रा प्याकेज कार्यक्रमको सोमबार अनुगमन गरेको छ ।

नगरपालिकाले नगरभित्रका विपन्न परिवारलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरेको हो । सोही कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा नगरको तीन वटा वडामा बाख्रा प्याकेज कार्यक्रम सञ्चालन गरिएको छ । नगरको वडा नम्बर १० कुसहना गैरी, ११ को कुमरहठ्ठा र १३ को सिम्रेनीमा समूह गठन गरेर कार्यक्रम सञ्चालन गरिएको हो । समूहका सदस्यहरुलाई अनुदानमा प्रदान गरिएको बाख्राको अवस्था र खोर निर्माण भए नभएको बारे खैरहनीका मेयर लालमणि चौधरीको नेतृत्वमा अनुगमन गरिएको थियो । प्रति सदस्य दुई बाख्रा खरिदका लागि आठ हजार रुपैयाँ र खोर निर्माणका लागि प्रति सदस्य चार हजारका दरले अनुदान प्रदान गरिएको खैरहनी नगरपालिका पशु सेवा शाखा प्रमुख रुद्रकुमार श्रेष्ठले बताए ।

त्यस्तै एउटा समूहमा एउटा व्याडको बोका खरिदका लागि २० हजार रुपैयाँ प्रदान गरिएको उनले बताए । वाख्रा प्याकेज कार्यक्रममा बाख्राको बिमा, उपचार तथा औषधि, तालिमलगायत नगरपालिकाले निःशुल्क प्रदान गर्नेछ । खैरहनीका मेयर लालमणि चौधरीको नेतृत्वमा पशु सेवा शाखा प्रमुख श्रेष्ठ, पशु स्वास्थ्य प्राविधिक रामभजन शाह, योगेश्वर शाहलगायतको उपस्थितिमा अनुगमन गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>