कालिका

शक्तिखोरमा लागूपदार्थ दुव्र्यसनीविरुद्ध सचेतना

Banner

रत्ननगर, असार १६-

कालिका नगरपालिकाको शक्तिखोरमा पर्ने चर्तुमुखी माविका विद्यार्थीलाई लागूपदार्थ दुव्र्यसनीविरुद्ध सचेतना दिएको छ ।

नगरपालिकाको वडा नम्बर ९ ले सोमबार सचेतना स्वरुप लागूपदार्थको प्रयोगबाट हुने असरबारे जानकारी दिएको हो । नगरपालिकाभित्र लागूपदार्थ दुव्र्यसनी बढ्दै जान थालेपछि नगरपालिकाले रकम विनियोजन गरेर सचेतना जगाउने काम गरेको छ । नगरपालिकाले पछिल्लो समय युवायुवतीमा दुव्र्यसनी फेसन बन्दै जान थालेपछि प्रहरी स्थानीयसँग मिलेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको नगरपालिकामा मेयर खुमनारायण श्रेष्ठले बताए । श्रेष्ठकाअनुसार नगरलाई लागूपदार्थ दुव्यर्सनी मुक्त नगर बनाउनको निमित्त नीति तथा कार्यक्रम मार्फत् कार्यक्रमहरु अगाडि बढाइरहेको छ । नगरपालिकाको शक्तिखोर र पदमपुर क्षेत्रमा लागूपदार्थ सेवन गर्ने व्यक्तिको संख्या अत्यधिक रहेको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक शेखरकुमार शाहाले बताए ।

शाहाका अनुसार पदमपुर क्षेत्रमा लागूपदार्थ दुव्र्यसनीका कारण विभिन्न घटना घटेको भन्दै त्यसलाई नियन्त्रण गर्नको निमित्त प्रहरीले विशेष किसिमको कार्यक्रम सञ्चालन गरेको छ । वडा नम्बर ९ का वडा अध्यक्ष हेमबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा चतुमूर्खी माविका ५० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको कार्यक्रम संयोजक सन्देश रेग्मीले बताए । कार्यक्रममा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक शेखरकुमार शाह, सपोर्ट क्यर कपरखोरीका प्रकाश शाहाले विद्यार्थीलाई लागूपदार्थको विषयमा जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>