Uncategorized

प्रेमीसँग मिलेर आमाको हत्या , हत्यापछि सहयोगीलाई १२ लाख दिने आश्वासन

Banner

काठमाडौँ असार १६-

आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको खुलेको छ। भक्तपुरको चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया सावित्री भट्टराईको आइतबार घाँटी रेटेर हत्या भएको थियो।

हत्या आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरीसहित चार जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका ४ का २३ वर्षीय मोहम्मद नौसाद, भारतको जनक भगत इडी ३५ नई अशोका नगर बसुन्धरा एक्लेबका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार,भारतकै मधुमनीका २४ वर्षीय मेहम्मद रहिश र मृततकी छोरी २७ वर्षीया ईश्वरी भट्टराई रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा ईश्वरी र सिरहा विष्णुपुर १ घर भएका भक्तपुरको पुरानो ठिमी बस्दै आएका नौसाद बीचको सम्बन्धका बारेमा आमालाई थाहा भए पछि छोरीले नै नौसादसँग सल्लाह गरी १२ लाखको सुपारी दिने सहमति भएको खुलेको छ। नौसाद र भोला कुमारले भारतबाट मोहम्मद रहिशलाई बोलाएर हत्या गरेको अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>