खैरहनी
रामपुर क्याम्पस खैरहनीको आयोजनामा धान दिवस मनाइयो
०
चितवन,असार १५-
त्रिभुवन विश्वविद्यालय अन्तरर्गतको रामपुर कृषि क्याम्पस खैरहनी चितवनको आयोजनामा असार १५ अर्थात धान दिवस मनाइएको छ । ‘धान खेतीमा प्रविधी यन्त्रिकिकरण चामल आयातमा न्यूनिकरण’ भन्ने मूल नाराका साथ मनाइएको धान दिवस कार्यक्रमको खैरहनी नगरपालिकाका नगर प्रमुुख लालमणि चौधरीले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख चौधरीले बर्षैनी धान आयात कम गर्न नेपालमा कृषि उत्पादनलाई जोड दिनुपर्ने बताउनुभयो । उहाँले खेतीयोग्य जमिनको प्लटिङ रोकिनुपर्ने धारणा राख्नुभयो । सो अवसरमा क्याम्पस प्रमुख मिलन सुवेदी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा कृषि संकाय प्रथम बर्षका विद्यार्थी र शिक्षक कर्मचारीको उपस्थिति रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>