सुदूरपश्चिम

कैलालीको गौरीफन्टा नाकामा नेपाली झण्डा फहरायो

Banner

धनगढी, असार १५

कैलालीका सीमा नाका गौरीफन्टामा नेपाली झण्डा फहारएको छ। यसअघि अस्थायी रूपमा गाडिएको झण्डा गत जेठ २३ गते आएको हावाहुरीले उडाएपछि शनिबार नयाँ झण्डा सशस्त्र प्रहरी बल ५३ नम्बर गुल्मको टोलीले स्थायी पक्की पिलर बनाएर पुनः राखेको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सीमामा झण्डा फहरायका हुन्। नेपाल र भारतीय अधिकारीको सहभागितामा झण्डा फहराएको सशस्त्र प्रहरी बल ५३ नम्बर गुल्म राजश्व तथा भन्सारका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक देवबहादुर चन्दले बताए। सीमामा सशस्त्र प्रहरीले सुरक्षा पोस्ट पनि स्थापना गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>