कालिका
पदमपुरमा नेकपाको शोकसभा
चितवन, असार १४-
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालिका नगर कमिटीको आयोजनामा आज पूर्वीचितवनको पदमपुरमा शोकसभा गरिएको छ ।
नेकपाकी नेतृ सबिता लामाको ममतामयी आमा सुकमाया पाख्रिनको असामयिक निधन भएको सातौ दिनको पुण्य तिथिमा सो श्रद्धाञ्जली सभा गरिएको हो । नेकपाका नेता रामध्वज डल्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार, विशेष अतिथि नेकपाका सचिब एवम् संघीय सांसद कृष्णभक्त पोख्रेल, प्रदेश सांसद घनश्याम दाहाललगायतले शोक मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेकपा नगर कमिटी, पूर्वजनमुक्ति सेना संघ नेपाल, वाइसीएल चितवन, युवा संघ चितवन, सहिद स्मृति प्रतिष्ठान नेपाल, महिला सशक्तिकरण तथा परिवर्तनशील संस्था नेपालको तर्फबाट श्रद्धाञ्जलीपत्र वाचन गरी परिवारजनमा हस्तान्तरण गरिएको थियो ।
स्वर्गीय सुकमाया पाख्रिनको चार जना छोराहरु मनोज, रामेश्वर, किशोर र बिनोद पाख्रिन रहेका छन् । चार जना छोरीहरु विष्णु, शिव, कल्पना र सबिता लामा रहेका छन् ।
सो कार्यक्रममा नेकपाका प्रदेश सदस्य संगीता भट्टराई, जिल्ला तथा स्थानीय नेताहरु तेजेन्द्रबहादुर खड्का, जयचन्द्रप्रसाद चौधरी, देवीप्रसाद ढकाल, ईश्वर सापकोटा, केशव लामा, ईश्वर रेग्मी, उत्तम गुरुङ, दिलिप पौडेल, पूर्णबहादुर पुरीलगायतको उपस्थिति रहेको थियो ।