गण्डकी

बागलुङमा जीप दुर्घटना हुँदा एकको मृत्यु

Banner

बागलुङ, असार १४-

बागलुङको बरेङमा आज बिहान यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बरेङदेखि बागलुङ बजारका लागि छुटेको ध १ ज ४९१ नं को जीप बरेङमा दुर्घटना हुँदा बरेङ गाउँपालिका–३ नयाँ बजारकी ७५ वर्षीया विष्णुमाया खत्रीको मृत्यु भएको हो । रोकी राखेको जीप अचानक गुडेर पल्टिँदा खत्रीको मृत्यु भएको र अर्का एक जना घाइते भएका प्रहरीले जनाएको छ । गाडी सुदला चोकमा रोकेर राखेर चालक हीरा काउचा यात्रु बोलाउन बेला गाडी गुडेर पल्टेको थियो ।

मृत्तक खत्रीले जीपबाट हामफाल्दा छातीमा चोट लागेको र उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीचौकी बरेङ डाँडाले जनाएको छ । दुर्घटनामा हुग्दिशिर बाझाडीकी डेढ वर्षीया टेरिसा परियार घाइते भएकी छिन् । उनलाई उपचारको लागि पाल्पा पठाइएको छ । जीपमा चार जनायात्रु सवार थिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>