खेलकुद

कोपा अमेरिकाः इक्वेडरसंग खेलेसंग जापान बाहिरियो

Banner

काठमाडौं, असार १०–

इक्वेडरसंग बराबरी खेलेसंगै जापान कोपा अमेरिकाको समूह चरणबाटै बाहिरिएको छ ।

समूह चरणको अन्तिम खेलमा इक्वेडरले बराबरीमा रोकेपछि जापानको क्वार्टरफाइनल पुग्ने सम्भावना सकिएको हो । जापानले शुरुवातमा अग्रता लिए पनि जोगाउन सकेन ।

१५औं मिनेटमा शोया नाकाजिमाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा एन्जल मेनाले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । दोस्रो हाफमा कुनै गोल हुन नसक्दा जापान समूह चरणबाटै बाहिरिएको हो ।

समूह सीबाट उरुग्वे र चिली क्वार्टरफाइनलमा पुगिसेकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>