चितवन विशेष
विप्लवको बन्दले चितवनसहित देशभरको जनजीवन प्रभावित
०

चितवन,असार १०-
आफ्नो समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले मंगलबार आहृवान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ ।
बन्दकर्ता सडकमा नदेखिए पनि चितवन लगाएतका जिल्लामा बिहान बन्दको असर देखिएको छ । अन्य दिनको तुलनामा भरतपुर र नारायणगढका सडक बिहान सुनसान देखिएका छन् । निजी सवारी फाट्टफुट्ट चले पनि बन्दको त्रासले सार्वजनिक सवारी नगन्य मात्रामा चलेका छन् । सडकमा साविकअनुसार सवारी साधन नचल्दा जनजीवन प्रभावित भएको छ ।
बन्दको प्रभाव चितवनको सवारी आवागमनसँगै शैक्षिक संस्था, कलकारखानालगायतमा पनि परेको छ । विद्यालय तथा क्याम्पसहरुले त्रासका कारण छुट्टी दिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>