राजनीति

तिहारपछि भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको छलफल प्रतिवेदन केन्द्रित हुने

०
Banner

काठमाडौं, कात्तिक २० –

हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले तिहारपछि प्रतिवेदन केन्द्रित छलफललाई तिब्रता दिने भएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति गणेश पराजुलीले तिहारपछिका बैठकहरू राहत तथा पुनःस्थापनाका विषयमा केन्द्रित नभई समितिले तयार पार्ने प्रतिवेदनका विषयमा केन्द्रित हुने जानकारी दिनुभएको हो । उहाँले वस्तुगत अनुगमनका क्रममा देखिएका विषयलाई छुट्टै अल्पकालीन सुझावका रूपमा प्रश्तुत गर्ने विषयमा छलफल भ पनि त्यसो गर्न आवश्यक नदेखिएको बताउनु भयो । राज्यका सम्बन्धित निकायलाई ती विषयबारे अवगत गराइसकिएको र उनीहरूको प्रतिवद्धतासमेत प्राप्त भएकाले आजको छलफलबाटै ती विषय थप अघि बढेको उहाँको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>