कर्पोरेट
सांग्रिला बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

चितवन, असार ८-
सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफर बीच विप्रेषण कारोबारसम्बन्धी आज सम्झौता भएको छ ।
बैँकले आज जारी गरेको विज्ञप्तिअनुसार सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफर प्रालिका तर्फबाट उक्त कम्पनीका प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरेका छन् ।
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिँदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहकले स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फत् पठाएको रकम सांग्रिला डेभलपमेण्ट बैंकको देशैभरी रहेका शाखा कार्यालयबाट सहज तथा सरल रुपमा प्राप्त गर्न सक्ने विज्ञप्तिमा जनाइएको छ । यस सेवा अन्तर्गत ग्राहकले बैंकको हाल सञ्चालनमा रहेका ८५ वटै शाखाबाट सो सुविधाको अवसर लिन पाउने बैँकले जनाएको छ ।