चितवन विशेष

भरतपुर विक्रम मार्गमा खुल्यो एन्ड्रोइड क्याफे

Banner

चितवन, असार ७–

चितवनको भरतपुर–२ स्थित विक्रम मार्ग ओरालोमा एन्ड्रोइड क्याफे संचालनमा आएको छ । क्याफेलाई पुनः विस्तार गरी नयाँ व्यवस्थापनमा आज (शनिबार)देखी संचालनमा ल्याएको हो । क्याफेको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले समुद्घाटन गरे ।

सो क्रममा बोल्दै अध्यक्ष प्रधानले संगीत प्रेमी खानाका पारखीहरुको मन क्याफेले जित्न सक्ने बताए । उनले रेष्टुरेन्ट खुल्ने क्रम बढेसंगै चितवनमा आर्थिक कारोबार पनि बढ्दै गएको बताए । अध्यक्ष प्रधानले चितवन पर्यटकीय क्षेत्र भएकाले यस्तै रेष्टुरेन्टहरुको विकासले पर्यटन क्षेत्रलाई थप टेवा पुग्ने बताए । क्याफेले ल्याएको कपल विशेष योजनाले ग्राहकको मन जित्न सक्नेमा विश्वास व्यक्त गरे ।

क्याफेका संचालक दीपेन्द्र ढकालले फ्यामिली र अफिसियल क्षेत्रलाई केन्द्रमा राखेर क्याफे नयाँ ढंगले संचालनमा ल्याईको बताए । उनले एक दिन विशेष रुपमा कपल (जोड)लाई फोकस गरी कार्यक्रम गरिने बताए । उनले भने–‘एक दिन कपल मात्रै क्याफेलमा प्रवेश पाउँछन्, अरुलाई प्रवेश दिइदैन्, जसले छुट्टै पारिवारिक वातावरण तयार हुन्छ ।’ उनले क्याफेमा लाईभ म्यूजिकको मज्जा समेत लिन सकिने बताए । उनका अनुसार क्याफे संचालनमा डेढ करोड रुपैयाँ खर्च भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>