मौसम

आजबाट मनसुन नेपाल भित्रियो, चितवनमा कम पानी पर्ने सम्भावना

Banner

काठमाडौं, असार ५

नेपालको पूर्वी भेगबाट आजबाट मनसुन प्रवेश गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गत वर्षको भन्दा केही दिन यो वर्ष मनसुन ढिला सुरु भएको हो । गत वर्ष भने ८ जुनमै मनसुन सुरु भएको थियो । जल तथा मौसम विज्ञान विभागकी मौसमविद मन्जु बासीका अनुसार मनसुन पूर्वी नेपालबाट प्रवेश गरेर क्रमशः मध्य क्षेत्र हुँदै पश्चिमतर्फ फैलिन्छ । विभागका अनुसार सन् १९७९ मा मनसुन जम्मा ७३ दिनको थियो । विभागले त्यसलाई अहिलेसम्मको सबैभन्दा छोटो मनसुनको रुपमा लिएको छ । २००८ मा सबैभन्दा लामो अर्थात १३० दिनको मनसुन थियो ।

सबै भन्दा छिटो मनसुन १९९६ मे ३१ मा सुरु भएको थियो । १९८२ जुन २७ मा सुरु भएको मनसुनलाई अहिलेसम्मकै ढिलो मनसुन मानिएको छ । जुनदेखि सेप्टेम्बरसम्मको चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । साधारणतया नेपालमा ८ जुनमा सुरु भएको मौसम २३ सेम्टेम्बरसम्म मनसुन रहन्छ । यो अवधिमा वार्षिक वर्षाको ८० प्रतिशत पानी पर्छ ।

महाशाखाले यो वर्ष प्रदेश १, २, ३ र ५ का केही भूभागहरूमा औसत भन्दा कम वर्षा हुने अनुमान गरिएको छ । प्रदेश नम्बर ३ मा चितवन जिल्ला पनि पर्ने भएकोले चितवनमा कम वर्षा हुने सम्भावना देखिन्छ । गण्डकी, कर्णाली र सुदुरपश्चिममा भने औसत वर्षा हुने उसको अनुमान छ ।

तस्विर : मधुसूदन दवाडी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>