राजनीति

योगेश भट्टराई भन्छन्ः देउवाको प्रस्तुति रिसाएको बिरालोले खाँबो चिथोरे जस्तो

Banner

काठमाडौं,असार ५-

गत मंगलबार प्रधानमन्त्रीले बोल्न चाहँदाचाहँदै प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको संसद अवरोधप्रति नेकपाका सांसद योगेश भट्टराईले संसदीय गरिमा घटाउने गतिविधि भएको भन्दै टिप्पणी गरेका छन्। भट्टराईले ०४६ सालपछि संसदलाई कमजोर बनाएर गरिमा घटाउने काम भएको र त्यसपछि विद्रोही स्थिति उत्पन्न भएको बताए। अहिलेको संसदको गरिमालाई पनि ख्याल नगर्ने हो भने हाम्रो मुलुकको व्यवस्था कसले बचाइदिन्छ भन्दै उनले प्रश्न गरे।

हामी यो संसदमा सभामुखको आदेश मान्दैनौं। नियम कानुन मान्दैनौ। संविधान मान्दैनौं। किनकि दुनियाँले हामीलाई प्रजातन्त्रवादी भनिदिएकै छ। संविधान नमाने पनि प्रजातन्त्रवादीको श्रीपेच लगाउन पाइएकै छु, कांग्रेसप्रति संकेत गर्दै उनले भने, कानुन र संविधान कम्युनिस्टलाई मात्रै लाग्छ। भट्टराईले आफूलाई कांग्रेसले संसदमा जे भयो त्यो गल्ती भयो भनेर आत्मालोचना गर्ला भन्ने लागे पनि त्यसो नभएको बताए। तर भोलिपल्ट आएर झन् रिसाएको बिरालोले खाँबो चिथोरेको ढंगले पो यहाँ प्रस्तुत हुन थाल्नुभयो, उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>