कर्णाली
यात्रु नपाएपछि बुद्ध एयरको सन्ध्याकालीन उडान हट्यो
०

सुर्खेत, असार ५–
सुर्खेतबाट बुद्ध एयरको सन्ध्याकालीन उडान हटाइने भएको छ । असार १ गतेदेखि शुरु भएको सन्ध्याकालीन उडान यात्रु अभावमा हटाइने भएको हो ।
काठमाडौंका लागि बिहान र साँझ दुईपटक उडान गर्ने भनेको बुद्ध एयरले यात्रु अभावका कारण उडान शुरु भएको एक हप्ता नहुँदै असार ६ गतेदेखि सन्ध्याकालीन उडान हटाउने भएको बुद्ध एयरका सुर्खेत इन्चार्ज अनिल पन्तले जानकारी दिए ।
यसै हप्ताको शुक्रबारदेखि बुद्ध एयरको सुर्खेत–काठमाडौँ सन्ध्याकालीन उडान हटाइने बुद्ध एयरका सुर्खेत इन्चार्ज पन्तले जानकारी दिए । “यात्रु अभावका कारण हटाउन बाध्य भएका हौँ”, उनले भने । हाल दुई उडानमा काठमाडौँका लागि ४० यात्रु बुद्ध एयरले पाएको पन्तले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>