खेलकुद

चितवन च्याम्पियनसीपः प्रहरी शिक्षालय फाइनलमा

Banner

चितवन, असार ४–

जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर पाँचौ हानामी चितवन च्याम्पियनसीप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमीफाइनलमा देशभक्त फुटबल क्लब नवलपरासीलाई १–० गोल अन्तरले पराजित गर्दै प्रहरी शिक्षालय फाइनलमा प्रवेश गरेको हो । प्रहरीका रवि पासवानले खेलको पहिलो हाफको २७औँ मिनेटमा गरेको गोलले नै प्रहरी अधिकृत शिक्षालयलाई विजय दिलाएको थियो ।

खेलका म्यान अफ दि म्याच पासवान भए । उनलाई नेकपा प्रदेश नंं ३ का अध्यक्ष नारायण दाहालले मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरेका हुन् । सेमीफाइनलको अर्काे खेल भोलि (बिहीबार) जु फुटबल क्लब जुगेडी र अभिषेक चर्च रजहरबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको फाइनल खेल असार ७ गते हुने आयोजक एभरेष्ट क्लब भरतपुरका सचिव विकास कोइरालाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>