देश/प्रदेश

काँग्रेसद्धारा प्रतिनिधिसभा बैठकमा अवरोध

Banner

काठमाडौँ, असार ३–

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्ष दलका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

नेपाली काँग्रेसले समसामयिक विषयमा विपक्षी दलका नेताले बैठकको शुरुमै बोल्न पाउनुपर्नेमा सभामुखले समय उपलब्ध नगराउनु भएकाले विरोध गर्नुपरेको जनाएको छ । प्रमुख प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो स्थानमा उठेर विरोध जनाइरहँदा सभामुख महराले प्रधानन्त्रीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन चाहेको भन्दै वक्तव्यपछि बोल्न समय दिने बताएका थिए ।

सभामुखले प्रतिपक्ष दलका सांसदलाई उक्त आग्रह गरिरहँदा नेपाली काँग्रेसका सांसदले संसदीय मर्यादा कायम गरियोस् र प्रतिपक्षलाई पहिला बोल्न दिइयोस् भनी रोष्टम अगाडि गएर नाराबाजी गरेका थिए । नेकाका सांसदलाई पहिले प्रधानमन्त्रीको कुरा सुनौँ त्यसपछि तपाईंहरुलाई बोल्न समय दिन्छु भनी सभामुखले पटक पटक आग्रह गरे पनि लगातार नाराबाजी चलिरह्यो ।

प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक महत्वको वक्तव्य दिन रोष्टममा पुगे पनि सम्बोधन नगरी त्यहीँ उभिरहेका थिए । प्रतिपक्षको लगातार नाराबाजी चलिरहेकाले सभामुखले बुधबार ११ बजे बस्ने गरी बैठक स्थागित गरिएको घोषणा गरे । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने कार्यसूचीमा उल्लेख थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>