देश/प्रदेश

गुठी विधेयक फिर्ता नलिए सडकमा जाने सांसदको चेतवानी

Banner

काठमाडौँ, असार २-

सांसद दिलेन्द्रप्रसाद बडूले गुठी विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन । केही दिन पहिले उक्त विधेयक छलफलका लागि राष्ट्रियसभामा पेश भएको थियोे ।

प्रतिनिधिसभाको आजको बैठकको शुरुआतमा नेपाली काङ्ग्रेसका सांसदहरुले विरोध जनाएलगत्तै सभामुख कृष्णबहादुर महराले सांसद बडूलाई बोल्न समय उपलब्ध गराएपछि उनले उक्त विधेयक फिर्ता नलिए सडकबाट सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

सांसद बडूले सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले एक कार्यक्रममा उक्त विधेयक फिर्ता नलिने अभिव्यक्ति दिएकोमा सोही विषयलाई लिएर काङ्ग्रेसले बैठकमा उठेर विरोध जनाएको थियो ।

मन्त्री बाँस्कोटाले केही समय अघि एक सार्वजनिक समारोहमा गुठी सामन्ती अवशेषको रूपमा रहेको धारणा व्यक्त गरेको भन्दै सांसद बडूले दुई तिहाइको दम्भको उन्मादले वर्तमान सरकार धर्म, परम्परा, संस्कार, सम्पदा, संस्कृति र मौलिकता मास्न लागिपरेको आरोप लगाए । सांसद लक्षमणलाल कर्णले लोकसेवा आयोगको विज्ञापन फिर्ता हुनुपर्ने माग गरे । उनले मौलिक हकको धारा ४२ विपरीत आयोगले सो विज्ञापन आह्वान गरेको आरोप लगाए ।

आयोगले जेठ १५ गते नौ हजार १६१ जनाका लागि विज्ञापन आह्वान गरेकामा असार १ गतेसम्म एक लाख ६० हजारको निवेदन दर्ता भइसकेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>