देश/प्रदेश
विश्व शान्ति सूचकांक अनुसार नेपाल ७६ औ शान्तिपूर्ण देश
०

एजेन्सी
काठमाडौँ असार १-
नेपाल शान्तिपूर्ण देशको ७६ औं स्थानमा परेको छ । विश्व शान्ति सूचकांक (ग्लोबल पिस इन्डेक्स) (जीपीआई) २०१९ अनुसार नेपाल गएको वर्षभन्दा आठ स्थानमाथि उक्लिएको हो ।
सन् २०१८ को प्रतिवेदनमा भने नेपाल ८४ औं स्थानमा रहेको थियो । अष्ट्रेलियाको थिंक ट्यांक इन्स्टिच्यूट फर इकोनोमिक्स एण्ड पिस (आईईपी) ले जारी गरेको प्रतिवेदन अनुसार, १६३ देशमध्ये नेपाल ७६ स्थानमा परेको हो ।
प्रतिवेदन अनुसार, सबैभन्दा शान्तिपूर्ण देशको सूचिको पहिलो नम्बरमा आइसल्याण्ड पर्न सफल भएको छ । त्यस्तै न्यूजिल्याण्ड, अष्ट्रिया, पोर्चुगल र डेनमार्क दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>