लुम्बिनी

बिरामीको मृत्युपछि बुटवलको सिटी अस्पतालमा तनाव

Banner

बुटवल, जेठ ३२-

बिरामीको उपचारका क्रममा मृत्युपछि बुटवलको सिटी अस्पतालमा तनाव उत्पन्न भएको छ ।

सियारी गाउँपालिका वडा नं ३ जङगहथ्थाका २६ वर्षीय वीरेन्द्र अग्रहरीको मिर्गौलाको डाईलासिस गर्ने क्रममा मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको हो । अस्पतालको लापरवाहीका कारणले बिरामीको मृत्यु भएको मृतकका दाजु सुरेन्द्र अग्रहरीले दाबी गरे । जेठ २८ गते अस्पतालमा भर्ना भएका वीरेन्द्रको मिर्गौला रोग विशेषज्ञ डा. सुबोधकुमार पाण्डेले सोही दिन पहिलोपटक डाइलासिस गरेका थिए ।

दोस्रोपटक शुक्रबार डा. पाण्डेको अनुपस्थितिमा अन्य स्वास्थ्यकर्मीले डाइलासिस गर्ने क्रममा उनको मृत्यु भएको हो । मृतकका दाजु सुरेन्द्रका अनुसार शुक्रबार २ पिन्ट रगत चढाएर डाइलासिस सुरु गरिएकोमा अन्य बिरामी आएको भन्दै उनलाई छाडेर करिब तीन घण्टा पखाइएको र पुनः डाइलासिस नगर्दै साँझ ६ बजे बिरामीको मृत्यु भएको हो ।

मृतकका आफन्तले घटनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरेका छन् । अस्पतालका मेडिकल अफिसर डा अमित चतुर्बेदीले भने उपचारमा अस्पताल र चिकित्सकको लापरवाही नभएको दाबी गरे । अस्पतालमा अप्रिय घटना हुन नदिन सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>