कृषि

कृषि विश्वविद्यालयले परिकल्पना अनुसार काम गर्न सकेनः प्रचण्ड

Banner

चितवन, जेठ ३२–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवंम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि तथा वनविज्ञान विश्वविद्यालयले स्थापनाको औचित्य पुष्टि गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयको आयोजनामा आजदेखि सुरु भएको कृषि प्रदर्शनी तथा कृषक मेला २०७६ को समुद्घाटन गर्दै अध्यक्ष प्रचण्डले विश्वविद्यालयको परिकल्पना अनुसार यस विश्वविद्यालयले काम गर्न नसकेको बताए । अध्यक्ष प्रचण्डले भने–‘राजनीतिक दल र सरकारमा गहन छलफलपछि कृषि विश्वविद्यालय स्थापना भएको, जसरी यसले गति लेला, अध्ययन र अनुसन्धान, प्रचारप्रसारको प्रक्रिया, उत्पादनसंग यसको सम्बन्ध, किसानहरुको जीवनसंग यसको प्रभावकारिता जे परिकल्पना गरिएको थियो त्यो परिकल्पना अनुसार काम भएको त्यति देखिएन, बरु अरु विश्वविद्यालय जस्तै अर्को विश्वविद्यालय थपिएको जस्तो मात्रै भएको छ ।’

अध्यक्ष प्रचण्डले यस विश्वविद्यालयलाई उत्पादन वृद्धि र रोजगारी सृष्टिको अध्ययन, अनुसन्धान, प्रचारप्रसार र वितरणको एउटा नयाँ अभियानको थालनी कर्ताको रुपमामा अगाडि लैजान जरुरी रहेको बताए । उनले विश्वविद्यालयको विकासमा र आत्मनिर्भरता तिर नयाँ मोडलको कृषि विकास तिर लैजान सबैको संकल्प चाहिने भन्दै सरकार त्यसतर्फ अघि बढेको बताए । उनले यसका लागि सबैले आफ्नो ठाउँबाट मेहनत गर्न संकल्प गर्न आवश्यक रहेको बताए ।

पूर्वप्रधानमन्त्री तथा यसै क्षेत्रका सांसद समेत रहेका प्रचण्डले सामुहिक खेती प्रणाली तिर मोडालिटिको विकास गर्नका लागि ध्यान दिन विश्वविद्यालयलाई सोच्न सरकारलाई सल्लाह आग्रह समेत गरे ।

उनले कृषिलाई आधुनिकिरण र व्यवसायिकरण, कृषिमा उतपादन वृद्धि, युवाहरुलाई परिचालन गर्ने नयाँ अभियान नचलाएसम्म नेपालको विकासको समस्या यथार्थमा समाधान हुन नसक्ने दावी गरे । उनले विकासलाई गति दिन नसक्दा नै नेपालमा खाद्यान्न आयात गर्नुपर्ने अवस्था सिर्जना भएको बताए । उनले  कृषि क्षेत्रमा विज्ञान र प्रविधिको राम्रो प्रयोग र अध्ययन अनुसन्धानलाई किसानको उत्पादनको वृद्धिसंग जोड्न सकेको भए तीन करोडलाई मात्र नभइ १० करोडलाई पुग्ने उत्पादन नेपालमै हुने बताए । अध्यक्ष प्रचण्डले भने–‘हाम्रो मूख्य संभावना भनेकै कृषिमा आधारित अर्थतन्त्र र कृषिमा आधारित उद्योगद्धारा मात्रै हो, नेपालमा आर्थिक क्रान्ति र आर्थिक समृद्धिको नयाँ युगको सुत्रपात गर्न संभव छ ।’

कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल, कृषि मन्त्रालयका सचिव युवकध्वज जिशी, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । विश्वविद्यालयका रजिष्टार मनराज कोलाक्षपतिले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम विश्वविद्यालयका उपकुलपति प्रा.डा.इश्वरीप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

आजदेखि सुरु भएको मेला चारदिन सम्म चल्ने छ । मेलामा विभिन्न ५० वटा स्टलहरु रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>